एक महिने कठिन व्रत सफलतापूर्वक सम्पन्न गरेर भोलिपल्ट इद मनाउनुको मज्जा

मोहसिन अलि मियाँ

इद अर्थात
खुसी
, उमङ्ग र उल्लास
। एक महिने कठिन व्रत सफलतापूर्वक सम्पन्न गरेर भोलिपल्ट  इद मनाउनुको मज्जा
र आनन्द आखिर अरु केमा होला र
? अल्लाहको असल उपासक बनाउने उद्धेश्यले अल्लाहले नै निर्धारण
गरेको इस्लामका पाँच आधार स्तम्भमध्येको एउटा महत्वपूर्ण आधार स्तम्भको रुपमा
रहेको एक महिने रमजानको कठिन तालिमको समापन भएको भोलिपल्ट अर्थात् भोलि (साउन १३
गते मंगलबार) मनाइने महान पर्व इदुल फित्रमा विशेषतः दुई वटा खुसी प्राप्त गर्ने
गर्दछन् । त्यो खुसी हो पहिलोः मानसिक र दोस्रोः आध्यात्मिक।

अल्लाहको कृपा र
करुणाले गर्दा एक महिनाको अनिवार्य रोजा (व्रत) राख्न आफू सफल भएको र अब एघार
महिनासम्म यस्तो कठिन व्रत राख्नु अनिवार्य नभएकोले उसमा मानसिक खुसी प्राप्त
हुन्छ भने रोजाको अवधिभर अन्तिम सनदेष्टा हजरत मुहम्मद सल्लल्लाहो अलैहिस सलामले
सिकाउनु भएको मार्गदर्शन अर्थात् सुन्नत तरिका बमोजिम गरेका इबादत (उपासना)
, सेवा, सहयोग, दान, तपस्या र असल
चरित्र निर्माणबाट खुसी भई लोक परलोकमा अल्लाहले दिने प्रतिफल पाउने आशाबाट
आध्यात्मिक खुसी प्राप्त हुन्छ । अल्लाहले आफू र आफ्नो परिवारको सदस्यलाई रोजाको
लागि सुयोग्य बनाएको बाट पनि प्रत्येक व्यक्तिमा आध्यात्मिक प्रसन्नता प्राप्त
हुन्छ।

 त्यसैले इदमा यी दुवै प्रकारका खुसी, उल्लास प्रकट
गर्न स्वयं अल्लाहको आदेश छ कि प्रत्येकको अनुहारमा हसिलोपन ल्याएर कोहीको कसैसँग
मनमुटाव भएको छ भने ती सम्पूर्ण मनमुटाव
, रिसराग, वैमनस्यता लगायत सम्पूर्ण कुरा त्यागेर एक
अर्कोसँग भेटघाट
, मेलमिलाप, आत्मियता, शुभकामना
आदानप्रदान
, मानसिक खुसी
प्रकट गरेर हर्षोल्लासका साथ अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहो अलैहिस
सलामको तरिका बमोजिम अल्लाहको जिक्र
, इबादत (प्रार्थना) गर्दै आफूलाई एक महिने
रमजानको रोजा राख्न सफल बनाएकोप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै मरे पश्चातको
स्वर्गको अनन्तः जीवनमा सुख
, आनन्द र नर्कको छुटकरा प्रदान गर्न अनुनय, विनय गर्दै
अल्लाहलाई पुकार्नु र अल्लाहले प्रदान गर्ने पुण्यको हकदार वा भागिदार हुने
कुराप्रति सन्तुष्टि प्रकट गर्नु नै आध्यात्मिक खुसी प्रकट गर्नु हो । त्यसैले यस
इदुल फित्र आस्थावानलाई एकताको सुत्रमा बाध्ने एउटा महत्वपूर्ण माध्यम हो । यसको
आगमनसँगै एकता र आत्मियताको भावना फैलिन्छ र सबैलाई यसले एकसाथ खुसी प्रदान गर्दछ

 

इस्लामका पाँच
आधार स्तम्भमध्येको एउटा महत्वपूर्ण र अनिवार्य आधार स्तम्भ हो रोजा अर्थात व्रत ।
रोजा सक्षम मुस्लिमहरुका लागि अनि अनिवार्य कर्तब्य हो ।  यो रोजालाई सुन्नत
तरिकाबाट जुन सक्षम मुस्लिमले पालना गर्दैन उ अल्लाहले प्रदान गर्ने पूण्यबाट
बञ्चित मात्र होइन अल्लाहको प्रकोप
, लानतबाट समेत दण्डित हुन पुग्छ । रोजाले
मानिलाई आत्मा शुद्धिकरण गर्ने अवसर प्रदान गर्नुको साथै हृदयमा अल्लाहप्रति प्रेम
र आत्माविश्वास उत्पन्न गराउँछ । रमजान महिनाको एक महिने रोजाको अन्तिम दश दिन
महत्वपूर्ण र विशेष हुने गर्दछ त्यस दश दिनमा पनि तिन कुराको अति नै महत्वपूर्ण
स्थान छ ।

एतेकाफ (धर्ना)

एतेकाफको अर्थ
धर्ना दिनु हुन्छ । रमजान महिनाको अन्तिम दश दिनमा अर्थात् बिसौ रोजाको साँझपखदेखि
तिसौ दिनमा आकाशमा चन्द्रमा नदेखुन्जेल मस्जिदमै बसेर आफूलाई पूर्ण रुपले
अल्लाहप्रति समर्पित गर्नुलाई एतेकाफ भनिन्छ। एतेकाफ बस्ने व्यक्तिले उतेकाफको
शुद्ध नियत गरी अन्तिम दश दिनसम्म आफ्नै मस्जिदमै अनिवार्य रुपले बसी रोजा
राख्नुपर्ने
, अल्लाहको इबादत
(प्रार्थना) गर्नुपर्ने हुन्छ । एतेकाफ बस्ने व्यक्तिले बाहिरी दुनियाको कुनै मतलब
नराखी बढीभन्दा बढी समय अल्लाहको सेवा र भक्तिमा बिताउनु पर्ने हुन्छ । सम्पूर्ण
मानव जातीको मार्गदर्शन पवित्र धर्म ग्रन्थ कुरानको बढीभन्दा बढी पाठ गरिरहनु
पर्ने हुन्छ । एतेकाफ बस्नेका लागि बिनाकारण दिशा पिसाब बाहेक कुनै पनि बहानामा
मस्जिद बाहिर निस्किनु समेत नहुने
, धार्मिक कुराहरु बाहेक कुनै पनि कुराहरु
बोल्न नहुने
, गफ गरेर समय
बिताउन नहुने
, बाहिरी
वातावरणको कुनै पनि कुरामा सरोकार राख्न नहुने इत्यादि नियम हुने गर्छन्। एतेकाफ
बस्नेले यी नियमको पूर्ण रुपमा अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।

 

सबेकद्रः

सबेकद्र भन्नाले
त्यो रात हो जुन हजारौ रातहरु भन्दा बढी उत्तम र महत्वपूर्ण मानिन्छ । त्यो रात
रमजान महिनाको अन्तिम दश दिन भित्रै पर्दछ । रमजानको छब्बिसौं रोजाको समाप्तिसँगै
 रातका दिन यो सबेकदर मनाइने गरिन्छ । यसै रातका दिन अल्लाहले फरिस्ता
जिब्राइलमार्फत् अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाममाथि पवित्र धर्म
ग्रन्थ कुरान अवतरित भएको थियो। जुन सम्पूर्ण मानव जातीको मार्ग दर्शन पनि हो। जुन
व्यक्तिले यस रात भर जाग्राम बसेर अल्लाहको इबादत (प्रार्थना) गर्छ उसको सम्पूर्ण
जान अन्जानमा भएका पाप अल्लाहले माफ गरिदिने विश्वास गरिन्छ । यस रातमा गरेको
इबादत
, पुण्य एक हजार
महिनाको रातभन्दा पनि उत्तम रहेको अर्थात ८३ वर्ष ४ महिना बराबरको पुण्य एक रातमा
प्राप्त गर्ने माध्यम सबेकद्र रहेको प्रमाण कुरानबाट पाउन सकिन्छ । यस सबेकद्रको
रातमा बढीभन्दा बढी कुरानको पाठ गर्नु
, नफ्फिल नमाज पढ्नु, दुवा गर्नु, अल्लाहसँग आफूले
गरेका गल्तीको क्षमायाचना गर्नु लगायतका क्रियाकलाप गर्नु आवश्यक हुन्छ ।

 

सदकतुल फित्रः

सदकतुल फित्र
खासगरि मुस्लिम समुदायले एक महिनासम्म राख्ने रोजाको अन्त्यमा र रमजानको
अन्त्यसँगै इदको नमाज पढ्नु अघिसम्म आफ्ना एक महिने रोजामा भएका गल्ती
, कमिकमजोरीलाई
दुर गर्न तथा इदको खुसीयालीबाट गरिबहरु समेत बञ्चित नहुन भन्ने उदेश्यले प्रदान
गरिने एक किसिमको दान हो। यसलाई छोटकरीमा सद्का पनि भनिन्छ । यो इदको नमाज पढ्नु
अगावै निकाल्नु पर्ने हुन्छ । सद्का जति सक्दो धेरै निकाल्नु उत्तम मानिन्छ ।

 

अन्त्यमा, गोरखा जिल्ला र
देशैभर छरिएर रहेका मुस्लिम समुदायले सफलतापूर्वक एक महिने व्रत सम्पन्न
गर्नुभएकोमा सम्पूर्णलाई बधाइ दिँदै इद पर्वले विश्वमा शान्तिको सन्देश फैलायोस्
, सम्पूर्ण जात
जाति
, धर्ममा मेलमिलाप, एकता र धार्मिक
सद्भावलाई अझ बलियो र मजबुत बनाओस् । अल्लाहले सबैलाई सत्मार्गमा हिँड्ने अवसर
प्रदान गरुन्
, सबैलाई
धेरैभन्दा धेरै पूण्यको काम गर्ने शक्ति प्रदान गर&#23