यूरोकपको उपाधि पोर्चुगललाई, क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे

Soccer-Portugal win Euro 2016 thanks to Eder's extra-time goal
चोटका कारण २५ औं मिनेटमा रुदै मैदान छाडेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् ।
आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको हो ।
खेल अवधिभर पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गर्न सक्यो । – एजेन्सी