सबिना पाैडेल
गित संगित भनेको त्यस्तो साथी हो । जस्ले मानव जातीलाइ दुख र पिणामा घाउको मल्हम बनेर साथ दिएको हुन्छ, भने खुशीको माहोलमा हासो बनेर संगै रहेको हुन्छ । गितसंगितको कुरा गर्ने वितिकै आनन्द अनुभुती हुने गर्दछ । गितसंगित कस्लाई मन पर्दैन ? यो जिज्ञासाको विषय पनि हो । समय र उमेर अनुसार फरक किसिमका भाव भएका गित मन पर्नु स्वभाविकनै हो । तर मन नै पर्दैन भन्ने ब्यक्ती बिरलै भेटिएला । यो शताब्दिको संघारमा गितसंगितको ठूलो भुमिका रहेको पाइन्छ । अहिलेको समयमा नृत्य र अभिनय बाट निकै चर्चा बटुलिरहेका लोकप्रिय कलाकार सुमन पौडेल भावि पुस्ताको र भर्खर यो क्षेत्रमा आउन चाहनेहरुका लागी एउटा प्रेरणाको स्रोत समेत बनेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ मा वि.स २०४९ चैत्र ९ गते पिता इश्वरी पौडेल माता सावित्री पौडेलको कोख बाट जन्मिएका सुमन आफ्नो जन्म क्षेत्रलाइनै कर्मक्षेत्र बनाएर अघि बढ्ने सोचमा रहेका छन् । नृत्य र अभिनयको क्षेत्रमा निकै नै अग्रसर र त्यतिनै ब्यस्त रहेका सुमन विगत ४ वर्षदेखी छमछमी कला केन्द्रको प्रमुख भएर जिम्मेवारी समालिरहेका हुनाले पनि यो नाम त्यति नौलो भने होइन । पहिलो पटक अभिनय गरेको “आमा तिम्रो पाउमा शिर” बोलको गित बाट नै सबैको मन जित्न सफल उनले बजाइदेउन मादल , लाको पिरती, फुरफुर गर्दै , लगाएत एक दर्जन भन्दा बढी गितहरुमा नृत्य गरिसकेका छन् ।
अषाढ महिना लागे संगै तिज गितहरुमा ब्यस्त रहने उन्ले अषाढ र श्रावण यो दुई महिनामा आफूलाइ समय ब्यवश्थापन गर्न निकै कठिन भएको बताउछन् । धेरै गितहरुमा नृत्य मात्र नभएर आफैले निर्देशन समेत गरेका छन् । हरेक प्रकारका नृत्यमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेकाले पनी उनको नृत्यबाट नै गितको सम्पूर्ण भाव स्पष्ट देख्न सकिन्छ । आर्कषक ब्यक्तीत्व उत्कृष्ट नृत्य र सरल स्वभावका कारणपनि उनका फ्यानहरु बढ्दै गएका छन् ।
उसो त राजधानीमै रहेर काम गर्ने अवसर पनि नआएका होइनन् । तर आफू जन्मिएकै क्षेत्रमा रहेर काम गर्न चाहने उनले संगितक्षेत्रमा राजधानीबाट जस्तो स्तरका कामहरु गरिनछ, त्यो जिल्लाबाटै गर्न सक्ने दावि समेत गरेका छन् ।