छक्का पञ्जाको आधिकारिक ट्रेलर सार्वजनिक

छ एकान छतथा वडा नम्बर छनिर्माण गरिसकेकाको दीपकराज गिरी तथा दीपाश्री निरौलाको समुहले निर्माण गरेको तेस्रो
चलचित्र छक्का पञ्जा
को आधिकारिक ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकले मन पराएका
छन् ।

हास्य दृष्यले भरिएको चलचित्रको ट्रेलरले प्रिमियर
समारोहमा मात्रै होइन
,युट्युबमा समेत प्रसंसा पाएको छ । मंगलबार बिहान प्रिमियर गरिएको
प्रोमो बुधवार साँझसम्ममा १ लाख ६३ हजार पटक हेरिएको छ ।

दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा
बनेको चलचित्र छक्का पञ्जा
को ट्रेलरसँगै चलचित्रका दुई गीत पनि प्रदर्शन गरिएको थियो । चलचित्रका दुई मध्ये
पूर्व पश्चिम रेल…लोकप्रिय भैसकेको छ । करिव तीन मिनेट लामो ट्रेलरलाई हास्यप्रधान
मात्र छैन
,चलचित्रको विषयवस्तु वैदेशिक रोजगारीको पीडामा केन्द्रित छ भन्ने कुरालाई समेत
उजागर गरेको छ ।

चलचित्रमा दीपकराज गिरी,प्रियंका कार्की,जितु नेपाल मुन्द्रे,केदार घिमिरे माग्नेबुढा,बुद्धि तामाङ हैट,शिवहरी पौडेल,नम्रता लगायतले अभिनय गरेका छन् ।

यो चलचित्र भदौ २४ गते देशभर
प्रदर्शन हुनेछ । कान्तिपुरमा समाचार छ