ढिकुरा काफ्लेका दिपक दर्लामीको “फुर फुर पुतली नाच्यो” तीज गीत बजारमा (भिडियो सहित)
श्रावण २७ गते, २०७३ मा प्रकाशित
प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा- ६ काफ्लेमा जन्मिएर बुटवललाई कर्मथलो बनाउने क्रममा कुशल कार्यक्रम संचालक, शब्द सर्जक, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर यतिबेला बुटवलमा संघर्षरहत छ्न ।
२०६८ साल देखी रेडियो समाबेशी 105 MHZ बाट मिडियामा लागेका दिपक यतिखेर बुद्ध टेलिभिजन बाट प्रसारित लोकप्रिय् कार्यक्रम खेलौ दोहोरी र लोक छहारी कार्यक्रम सन्चालन गर्दै आएका छन, जुन कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।
साथै २०६८ सालमा अशोक दर्लामी सङको सहकार्यमा गजल संग्रह ” कुन बोटको फुल हौ तिमी ” प्रकाशित गरेका दिपकले २०७१ मा मिर्मिरे दोहोरी साँझबाट लोक सङीतको क्षेत्रमा पाइला चालेका दिपकले २०७१ सालमै ” बदलिदै गयौं ” लोक तथा दोहोरी गीत बजारमा ल्याका थिए, जुन गितले निक्कै चर्चा पाएको थियो । त्यसपछि दोस्रो एल्बमको रुपमा “माया भन्नू यस्तै रैछ केरे ” लोकगीत संग्रह बजारमा ल्याएका छन, शब्द लेखनमा आफुलाई बढी रुचाउने दिपकले “अप्ठ्यारोमा पार्यो मायाले,आउछु भन्यो पोखरा आउछु भन्यो बटौली हुन्छ हुन्छ भनेर टार्यो मायाले” जुन गीतले पनि निक्कोई बजार तताउन सफल रह्यो, जसमा थेगो तथा शब्द दिपक दर्लामी मगर को छ भने सङीत बिधान कार्किको रहेको छ, भने एल्बम राजु महोत्रा छेतृको हो,….। । ।
यसै गरि हिन्दु नेपाली नारीहरुको महान चाड तिज आउदै गर्दा दुई वटा तिजको गीतमा शब्द लेखेका दिपकले” नक्कली हौ ” र ” फुर फुर पुतली नाच्यो” तिज गीत बजारमा आएका छन, जुन दुबै गीतमा बिधन कार्की सङीत रहेको छ भने शब्द दिपक दर्लामी मगर्को रहेको छ,,
“फुर फुर पुतली नाच्यो” मा
स्वोर- दिपक दर्लामी मगर/ मिना रसाइली
संगीत- बिधान कार्की
शब्द – दिपक दर्लामी मगर
जुन गीतलाई बजार ब्यबस्थापन स्वभिमान कृयसन प्रालिले गरेको छ ।