हिरोइन हुमा कुरैशीलाई सलमान खानको घरमा नो इन्ट्री

बलिउड सुपरस्टार
सलमान खानको घरमा हिरोइन हुमा कुरैशीलाई प्रवेश निषेध
गरिएको छ । सलमानको
घरमा हुमाको आवत जावत र हिमचिम यतिधेरै नजिक थियो कि
, उनी खान परिवारको
सदस्य बराबरकी थिईन् । खान परिवारमा हुने सबैजसो जमघट र कार्यक्रममा उनलाई निम्त्याइन्थ्यो
। तर अब त्यो आवत जावत र हिमचिम एकाएक ठप्प भएको छ ।

सलमानका भाइ
नायक तथा निर्माता सोहेल खानसँग हुमाको सम्बन्धलाई लिएर सोहेल पत्नी सीमाले घर छाड्ने
धम्की दिएपछि खान परिवार हुमालाई नो इन्ट्री को निर्णयमा पुगेको भारतीय संचारमाध्यमले
जनाएका छन् । हुमाको सम्बन्ध सलमानसँग भन्दा बढी प्रगाढ परिवारका अन्य सदस्यसँग थियो
। सलमानकी बहिनी अर्पिताको निकै नजिकको साथी बनेकी थिईन् हुमा । तर अर्पिता आमा बनेपछि
खान परिवारमा भएको कार्यक्रममा हुमालाई बोलाइएन ।

संचारमाध्यमहरुले
उल्लेख गरेअनुसार अर्पितासँगको दोस्तीकै कारण विस्तारै सोहेल र हुमाको सम्बन्ध पनि
नजिकिँदै गएको थियो । उक्त सम्बन्ध यति धेरै नजिकियो कि
, आपत्ति जनाउँदै
सोहेलकी पत्नी सीमाले घर छाडने चेतावनी नै दिइन् । त्यसपछि रिसाएका सोहेल नै घरबाट
बाहिरिएर होटलमा बस्न थालेका थिए । घटनाले उग्ररुप लिएर परिवार नै छिन्नभिन्न हुनसक्ने
अवस्थामा पुगेपछि खान परिवारले हुमासँगको सम्बन्धलाई नै टुक्राउने निचोड लिएको हो ।

सलमानका अर्का
भाई अरबाज र बुहारी मलाइका अरोराको दाम्पत्य जीवन डिभोर्स
को संघारमा पुगेर
रोकिएका बेला अर्का भाई बुहारी सोहेल सीमाको दाम्पत्य सम्बन्ध पनि धरापमा परेपछि खान
परिवारले हुमालाई परिवारमा प्रवेश निषेधको बोल्ड डिसिजन लिएको हो ।

यदाकदा ब्रा
लेस  र टप लेस  फोटो सुट गरेर पनि चर्चामा आइरहने हिरोइन हुमा पछिल्लोपल्ट
खान परिवारका साथमा राजनीतिज्ञ बाबा सिद्धिकीको ईद पाटीमा सहभागी भएकी थिईन् । त्यसयता
अर्पिताले शिशु जन्माएको खुसीमा भएको पार्टी र अर्पिताकै बर्थ डे पार्टी लगायत खान
परिवारका कुनै पनि कार्यक्रम र जमघटमा हुमालाई सहभागी गराइएको छैन् ।

कान्तिपुर बाट