दिपेन्द्र श्रेष्ठ /बिष्णु ठकुरी(महारानी)
अर्घाखाँची | हिन्दू जागरण युवा संघ नेपाल जिल्ला कार्य समिति सुर्खेतको आयोजनामा प्रचार प्रसार तथा मोटरसाईक र्यालि कार्यत्रम सम्पन्न भएको छ ।
हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाभियानमा लागेको यस सस्थाले सनातन धर्मको रक्षा गरौ आयातित धर्मको बहिष्कार गरौ भन्ने मुल नारालाई आत्म साथ गर्दै यो प्रचार प्रसार कार्यत्रम सम्पन्न गरेको हो यस अघि पनि यस हिन्दु जागरण नेपाल सस्थाले बिभिन्न जिल्लाहरुमा धार्मिक कार्यक्रम महायग्य,जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको पाइन्छ |आज भएको कार्यत्रम सुर्खेतको गडिया चोक देखि बाङ्गेसिमल कालागाउ ,कालुङचोक, खजुरा बासपार्क हुँदै पूरा बजार परिक्रम गरि पिपचौतारामा पुगी कोण सभा गरि बिसर्जन गरिएको जिल्ला सम्योजक महेश्वोरी खडकाले जानकारी गराउनु भएको छ ।
देश व्यापी रुपमा धर्म परिवर्तन विरुद्धको महाअभियानमा लागको हिन्दु जागरण नेपालले विभिन्न जिल्लामा शाखा बिस्तारको काम र जिल्लाहरुमा बिभिन्न धर्म परिवर्तन विरुद्धका कार्यक्रमहरु तिब्र गतिमा अगाडी बढाइरहेको छ। सनातन धर्मको रक्षा गरौ आयातित धर्मको बहिष्कार गरौ भन्ने मुल नारालाई आत्म साथ गर्दै शाखा विस्तारलाई तिब्रता दिएको बताईएको छ ।
पछिल्लो क्रममा सनातन धर्म परिवर्तन गर्ने प्रचलन बढेकाले आयातित धर्म बहिष्कार गरौ भन्दै यो संस्था लागि परेको र बिभिन्न,धर्मको नाममा बैदेशिक लगानी भित्र्याएर प्रलोभनमा पारेर वा परेर सनातन हिन्दु धर्म बेच्ने र बेचाउने र धर्म परिवर्तन गराउने र नेपाललाई अन्य देशहरुको गुलाम बनाइ बिदेशी भेषभुषा र बिदेशी सस्कृति नेपालमा भित्र्याउने प्रवृति मिर्मुल पार्न एबम हिन्दुत्व र सनातन हिन्दु धर्म के हो भनेर सारा संशारलाइ चिनाउनका लागि यो सस्था डटेर लागि परिरहेको र यो सस्था बिशुद्ध धार्मिक सस्था हो यो कुनै नाफामुखी र राजनीति उदेश्यले खोलिएको सस्था नभएको हुदा यस सस्थामा जो कोहि पनि यस सस्थामा आबद्ध बनि सनातन धर्म रक्षाका लागि जुट्न सक्ने हिन्दु जागरण नेपालका अध्यक्ष गुरु शिरोमणि रामकृष्ण उपाध्याय बताउनुहुन्छ |