विश्वकर्मा पूजा मनाइयो

प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइयो ।
विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सि‌गारिएकाे छ ।
आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।
रासस