नेपाल पञ्चांग निर्णयक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ आसोज) को विहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले अािश्वन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जनकारी दिए ।
आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने बताए । विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा गौतमले जानकारी दिए । रासस