नेपाल कै पहिलो English दोहोरी गीत ”Oh My Dear – ओ माइ डियर” बजारमा

माया प्रेम , मिलन बिछोड ,सुख दु:ख लगायतका बिभिन्न आयामका लोक गीतहरु बजारमा आइरहेको अबस्थामा यो  भन्दा बिल्कुलै फरक तथा  नयाँ शैलीको प्रयोग गरि रामु खनालको शब्द तथा लयमा रामु खनाल र रिना बमको सुमधुर आवाजमा रहेको अंग्रेजी भाषामा तर नेपालको  मौलिक परम्परागत  स्थानीय भजन शैलीको लोकदोहोरि गीत   ”ओ माइ डियर” हालै  बजारमा आएको छ | 
लोक गित नेपालको आफ्नै मौलिक कलासस्कृति रितिरिवाज अनुसार गाइने गीत भएता  पनि अहिलेको विश्वव्यापीकरणको युगमा नेपाली मौलिक कलासस्कृतिको विश्वव्यापी बजार बिस्तारमा यस  अंग्रेजी भाषाको  तर नेपालको मौलिक परम्परागत स्थानीय भजन शैलीको ”ओ माइ डियर  ”गीतले नयाँ मार्ग निर्देश गरेको यस गीतका परिकल्पनाकार तथा गायक रामु खनालले बताए |
रेसुङ्गाको बन मार्फत नेपाली गीत संगीतमा प्रबेश गरि हाल सम्म करिब एक दर्जन बढी  गीतमा सुमधुर आवाज  दिई सके कि ” ओ माइ डियर ”कि  गायिका रिना बमले नेपाली गीतसंगीतको बजारलाई अब  नेपालमा मात्र सिमित नराखि  विश्वव्यापीकरण गर्नु पर्ने समय आइसकेको  र यस्तो फरक शैलीको गीत दर्शक तथा श्रोता माझ ल्याउन पाउदा आफु थप उत्साहित भएको बताईन् |  नेपालको गीत संगीतको इतिहासमा सम्भबत: यो नै पहिलो अंग्रेजी भाषाको लोक दोहोरि गीत रहेको यस गीतका परिकल्पनाकार तथा गायक रामु खनालले  दाबि गरे   |

नेपाल कै पहिलो English दोहोरी गीत  Oh My Dear  – ओ माई डियर सुन्न तथा MP3 download गर्न यहाँ गएर सकिने छ ।