अस्वस्थ भएर घरमै आराम गरिरहेका बेला सामाजिक सञ्जालमा आफ्नो उपचार सरकारले गरी दिनुपर्ने आशयका सामग्री सार्वजनिक हुन थालेपछि माग्नेबुढा अर्थात् कलाकार केदार घिमिरे मुख खोल्न बाध्य भएका छन् ।

हाल प्रदर्शन भैरहेको चलचित्र छक्का पञ्जा का अभिनेता केदारले आफ्नो स्वास्थमा क्रमिक सुधार आइरहेकाले आफू अहिलेसम्म आफ्नो उपचार आफैं गर्न सक्ने अवस्थामै रहेको बताएका हुन् ।
स्वास्थलाभपछि हालै म त मन्त्रीको सालो गीतको म्युजिक भिडियोमा अभिनय गरेका केदारले आफू अहिले पूर्ण रूपमा ठीक भैनसके पनि लगभग ठीक भैसकेको बताएका छन् ।
मेरो उपचारका लागि सरकारी प्रस्ताव पनि नआएको होइन, केदारले भनेका छन् तर म अहिले उपचार नै गराउन नसक्ने अवस्थामा पुगिसकेको छैन ।
केदारले आफ्नो स्वास्थका सम्बन्धमा चासो राख्ने सम्पूर्ण प्रशंसकहरूप्रति आभारसमेत व्यक्त गरेका छन् ।
कान्तिपुर साप्ताहिकबाट