किन भन्दैछन पालीका बसन्त लम्सालले आउ है घर फर्की (भिडियो सहित

(अर्घाखाँचीडट्कम) अर्घाखाँची पाली ८ का बशन्त लम्सालको सुमधुर र मर्म स्पर्शी आवाजले जो कसैलाई पनि लठ्याउन सक्छ। बिछोडको
घाउ,रिक्सावाला,जिउदै श्रदान्जली नदेउ,संसारै शोकाकुल,मायामा धोका लगाएतका दर्जनौ गीतहरु बजारमा ल्याएर चर्चामा आएका गायक बसन्तको आवाज कमन खालको लाग्छ।
उनको आवाजमा रहेको गीत पहिलो भेटमै पर्पोज बोलको गीतले अहिले बजारमा चर्चा बटुलेको छ । सुष्मा कुवरसंगको यो आवाजलाइ
अहिलेका प्रेमी जोडीसंगै युवाहरुले मन पराइरहेका छन् ।
। तीजको अवसर पारेर बिकृति भन्दा पनि सामाजिक संदेश दिने खालका गीत हरुलाई मध्यनजर गरेर गीतहरु निकालेको पाइएको छ ।
त्यही लोक सांगीतिक अभियानलाइ उजागर गर्न गायक बशन्त लम्सालले गायिका सिर्जना पोख्रेलसंग मिलेर तीज गीत विदेश जान्न बजारमा ल्याएका थिए । देशमा बेरोजगार भएर बसेका युवा देशमै केहिगर्न सक्नुपर्छ,देशनै छोडेर गए,कसले बनाउछ यो देशभन्ने भाबको सन्देस दिएको तिज गित धेरैले मन पराउन थिए ।
हालै मात्र दशैँ र तिहारलाई मध्यनजर राख्दै दशैँ बिशेस गित बिदेशमा गएका छोराछोरी चाडपर्बमा घर आउना नपाउदा बाबा आमालाई पर्ने पिर गित मार्फत देखाउन खोजिएको आउ है घर फर्की बोलको गित बजारमा ल्याएका छन् ।