अर्घाखाँचीका गायक पदम क्षेत्रीको “भेट्न मन छ सानु” भिडियो सार्बजनिक

बाबु रोका मगर
एक दर्जन भन्दा बढि गितमा स्वर दिएका पदम सङ्गीत छेत्री अहिले भ्याइ नभ्याइ गित रेकर्डिङ्गमा ब्यस्त भएका छन् | भर्खरै मात्र बजारमा आएको गित “भेट्न मन छ सानु” उक्त भिडियोमा पदम क्षेत्रीको आफ्नै स्वर अनि संगीत रहेको छ भने गायिका देवी घर्तीले उनलाई साथ दिएकि छिन मोडल तर्फ स्वयम् आफु अनि जस्मिन कडेलले अभिनय गरेका छन् | उक्त भिडियोमा पत्रकार तथा मोडल बाबु रोका मगरले निर्देशन गरेका छन् | अर्घाखाँचीमा जन्मे हुर्केका २४ बर्षीय नव गायक पदम क्षेत्री आज भन्दा १२ बर्ष पहिले अर्घाखाँचीको सन्धिखर्क मा भएको महोत्सब हेर्न जाँदा चप्पलको ताना छिदेर खरको रसी बनाएर त्यो महोत्सब हेर्न पुगे त्यो दिन देखि कलाकारी क्षेत्रमा आकर्षित रहेको बताउछन | पदमले विभिन्न किसिमका गितहरु बजारमा ल्याई सकेका छन् |
पदम हाल दिल्ली स्थित गोबिन्दपुरिमा आफ्नो ब्यबसाय गर्दै आएका छन् पदम स्वयं आफै मोडल गर्दै गित गाउदै आफुलाई यस क्षेत्रमा स्थापित गर्न चाहेको कुरा राखे आफ्ना पुराना दुखका व्यथाहरु सुनाउदै भन्छन हाम्रो नेपाली बजारमा कलाकारि गरेर जिन्दगी चलाउछु भनेर सोचन बेकार छ तर पनि म भित्र कलाकारिताको भुत चढेको छ हेरौ कहा सम्म पुग्छु भन्छन |
उक्त गीतमा प्रेमी प्रेमिका बिच छुटिएर बस्नु पर्दाको पिडालाइ दर्शौना खोजिएको छ जसमा मोडल पदम क्षेत्री, जस्मिन कंडेल को रहेको छ सो भिडियोला मोडल तथा पत्रकार बाबु रोका मगरले निर्देशन गरेका छन् भने नारायण अधिकारीको छायांकन रहेको छ भिडियोलाई छिट्टै बजारमा ल्याउने कुरा गायक तथा मोडल पदम क्षेत्रीले मिडियालाई बताए |
म एउटा गायक मात्र नभयर सङ्गितकार रचनाकार अनि माेडल छेत्री भनेर आफ्नो पहिचान बनाउन लडिरहेकाे छु। साच्चै गित अफर आएको अनुसार गित गाएको भए ३ दर्जन भन्दा बडि पुग्थे तर समय को अभाबले मैले अफर आएका गितहरुमा स्वर दिन नसकेको मात्र हु कयौ बर्ष देखि यो क्षेत्रमा लागेका गायक पदम सङ्गीत छेत्री भन्छन ।अहिले सम्म गायका गितहरु कुनै नकारात्मक छैनन मायाको परिभाषा गितले मेरो भाग्य चम्काएको मलाइ लाग्छ।अहिलेको स्थितिमा म धेरै नै ब्यस्त छु गीतहरुको अफर आउदा पनि गर्न नपाउदा दुख लागेको छ समय र परिस्थितीले मलाइ बाँधेको छ अब सबै छाडेर यहि गित सङ्गीत मै आफ्नो नाम र पहिचान अनि जिन्दगिको सबै मेहेनेत सङ्गीत मै दिने निधो गरेको बताउछन।