योपटक बडादसैंमा पनि पानी पर्न नछाडेपछि हिले दसैं हुने चिन्ता छाइरहेकाबेलामा मौसमविद्हरुले भने टीकाको दिनमा मौसम सुधार हुने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा मौसमविद् बरुण पौडेलले यसपालि मनसुन ढिला सुरु भएकाले दसैंसम्मै पानी परेको भएतापनि टीकाको दिनदेखि मौसममा सुधार आउने बताए ।
उनले पहाडी भू-भागमा बिहान-बेलुकी छिटपुट वर्षा भएपनि अब बाढी पहिरोको सम्भावना नरहेको बताए । इमेजखबरमा समाचार छ ।