धातिवाङमा माईक्रो बस सञ्चालन

 घनश्याम पाैडेल परिश्रमी 
धातिवाङ, अर्घाखाँची २४ असाेज । अर्घाखाँची जिल्लाको धातिवाङ गाविसमा माईक्रो बस सञ्चालनमा आएकाे छ । 
लु २ ख ५३२ नम्बर काे माईक्रो बस सञ्चालनमा नवमि देखि धातिवाङ बुटवल तथा बुटवल धातिवाङ सञ्चालन हुने सवारी धनि गाेपाल पाैडेलले जानकारी दिनुभएको छ । 
माईक्रो बस सञ्चालनमा आएपछि गाविस सँगसँगै मैदान, पटाैटी, पणेना लगाएत अर्घाखाँची जिल्लाका पुर्बका गाविसका बासिन्दालाई प्रत्यक्ष सहयोग पुग्ने पाैडेलले जानकारी दिनुभयाे। 
चाडपर्वकाे समयमा मात्र सञ्चालन नभई सधैभरि निरन्तर गाडि सञ्चालन गर्न गाविसका बासिन्दाले आग्रह गरेका थिए । 
धातिवाङ गाविसमा ५/६ बर्ष माईक्रो बस सञ्चालनमा आएतापनि निरन्तरता पाउन सकेकाे थिएन ।

अन्य समाचारहरु