बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी

बडादसैँ अन्तर्गत आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी  रहेको छ । 
Photo8
हिन्दू धर्मावलम्बीहरुको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म यो क्रम जारी राख्छन् । काठमाडौँ उपत्यकाभित्र र बाहिरबाट टीका थापेर आउने जानेको ओहोरदोहोर देख्न सकिन्छ । 
दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरु पनि क्रमशः आउन थालेकाले आजबाट काठमाडौँका सडकमा सवारीको मात्रा सामान्य बढेको देखिन्छ तर सरकारी बिदा र बजारहरु आंशिक खुल्ला भएकाले खासै चहलपहल छैन । रासस