नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा

     
     हङकङमा भएको आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहनस्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् ।
उनले एसियाकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।
विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाएपनि नेपाल एसियाकप क्रिकेटका लागि भने छनोट भएको थियो ।
डबल राउन्ड रोबिन लिग का आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसियाकपमा स्थान पक्का बनाएको हो ।
उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । रासस लाई उदृत गर्दै इमेजखबरले लेखेको छ  ।