रशु शाक्यले कलेज क्वीन नेपाल २०१६ को उपाधि हात पारेकी छन्। राजधानीमा आयोजित अन्तिम स्पर्धामा उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधिसहित नगद रु. ५० हजार र बिबिए अध्ययनका लागि छात्रवृत्ति पाएकी छन्।
त्यस्तै, सबिना गुरुङ फस्ट रनरअप घोषित हुनुका साथै क्वीन एजुकेशनल एम्बेसडर अफ नेपाल चुनिँदा बिनिता गुरुङ सेकेन्ड रनरअपसँगै कलेज क्वीन आइकन नेपाल बनिन्।
आरके इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा पब्लिक च्वाइस अपना गिरी, बेस्ट ड्रेस प्रीति प्रधान, बेस्ट इस्माइल निकिस्ता हमाल, बेस्ट क्याटवाक करीना कक्षपती, बेस्ट हेयर अश्मी लामा, बेस्ट ट्यालेन्ट अश्मिता क्षेत्री, बेस्ट डिसिप्लिन यमुना बुढामगर, बेस्ट फोटोजेनिक सुष्मिता कार्की, बेस्ट स्पोन्टेनियस अल्बिना सिंह, बेस्ट ब्युटी कोपिला तामाङ, बेस्ट पर्सनालिटी अलिशा सिंह, बेस्ट स्किन कविता लामा, मिस फ्रेन्डसिप बिनु श्रेष्ठ र आरजु कुँवरले बेस्ट गर्जियसको उप उपाधि हात पारेका छन्। सेतोपाटीले लेखेको छ ।