श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची युबा परिषद सन्धिखर्क,अर्घाखाँचीको आयोजना सन्चालीत दोस्रो तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता आज बाट सन्धिखर्कको टुडिखेल मैदानमा सन्चालन भएको छ ।
खेलको स्थानिय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतमले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको थियो । खेलमा जिल्ला भरीबाट जम्मा १४ टिमको सहभागीता रहेको छ । आज सम्पन्न भएको चार खेलमा सनपा डिभर्ना को टिम,ठाडा गा.बि.स को टिम,हंसपुर गा.बि.स. को टिम र सितापुर गा.बि.स को टिम ले बिजय हासिल गरेका छन ।
भने अन्य बाँकी खेलहरु भोलि बिहान ७ः३० बजे देखी सुरु हुने क्लबका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनु भएको छ ।
प्रतियोगितामा ३ वर्ष लगातार खेल जित्नेलाई १ लाख नगद रनिङ शिल, प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको क्लबका महासचिब धर्मराज भुसालले जानकारी दिनुभयो ।
प्रतियोगिताको अबलोकन गरी आनन्दलीन सयौंको संख्यामा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । गत साल सम्पन्न पहिलो बर्षको खेलको उपाधी हंसपुर गा.बि.स ले हात पारेको थियो ।