प्रिया श्रेष्ठ र गणेश गुरुङको ”गोगन पानीमा” म्युजिक भिडियो बजारमा (भिडियोसहित)
कार्तिक ८ गते, २०७३ मा प्रकाशित
काठमाडौं । चर्चित गायिका प्रिया सानु श्रेष्ठ र गणेश गुरुङको स्वरमा सजिएको नयाँ रिमिक्स लोक दोहोरी गीत ”गोगन पानीमा” म्युजिक भिडियो बजारमा आएको छ ।
एक दशकअघि निकै चर्चित गीत ‘गोगन पानीमा’ अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा रहेको थियो ।
यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गीतमा खेम गुरुङ र आरुसी अस्लामीको अभिनय रहेको छ । यस्तै म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । साथै यस म्युजिक भिडियो हमाल म्युजिकले बजारमा ल्याएको छ ।
जिन्दगानीमा गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको गोगन पानीमा बोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ ।
वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँ पन दिनेमा पनि विश्वास लिइएको छ ।