जिल्ला प्रशासन काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने जनाएको छ । कार्यालयले सोमबार निकालेको विज्ञप्तीमा भनेको छ, व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रम गर्दा सम्बन्धित घरधनीको सहमति दिई बिना करकाप राति १० बजेसम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ ।
कार्यालयले जिल्लामा तिहार र छठ पर्व मनाउने क्रममा पटाका पडकाउन निषेध गरिएको जनाएको छ । आतिशबाजी, पटाका, भूँइचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगबाट आगलागि, दुर्घटनालगायत धनजनको क्षति हुन सक्ने र त्यस्ता कृयाकलापले शान्ति सुरक्षामा प्रतिकुल असर पर्न जाने कारणले रोक लगाइएको विज्ञप्तीमा उल्लेख छ । कान्तिपुरमा समाचार छ ।