अर्घाखाँची पोखराथोकका सुमन गौतमको लोक दोहोरी गीत ” पिरतीको भाला ” म्युजिक भिडियो बजारमा (भिडियोसहित)
कार्तिक ११ गते, २०७३ मा प्रकाशित
काठमाडौं । अर्घाखाँची जिल्लाको पोखराथोकका सुमन गौतमको लोक दोहोरी गीत ” पिरतीको भाला ” म्युजिक भिडियो बजारमा आएको छ ।
यस म्युजिक भिडियोमा स्वर हरिराम सारु मगर र सिरुजु अधिकारी रहेको छ । यस्तै म्यूजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् । यस गीतमा सुमन गौतम, दिप्सा र मिलनको अभिनय रहेको छ । यस्तै म्यूजिक भिडियोलाई बिष्णु भट्टराईले सम्पादन गरेका छन् । साथै यस म्युजिक भिडियो उपहार म्युजिक प्रालीले बजारमा ल्याएको छ ।
वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः दर्शकलाई नयाँ पन दिनेमा पनि विश्वास लिइएको छ ।