फिल्म ६क्का पन्जा ले काभ्रेका चारवटा गाविसका लागि एम्बुलेन्स किनिदिने घोषणा

 
          प्रदर्शनको ५१ औं दिन पुरा गर्दै र हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्नेलगायत थुप्रै रेकर्ड बनाएको फिल्म ६क्का पन्जा ले शनिबार राजधानीमा ५१ औं दिन उत्सव मनाउँदै फिल्म सुटिङ गरिएका काभ्रेका चारवटा गाविसका लागि एम्बुलेन्स किनिदिने घोषणा गरेको छ।
 
हामी ६क्का पन्जाको सफलताको खुसी सुटिङ गरिएका गाविसका वासिन्दासँग बाँड्न चाहन्छौं, दीपकराज गिरीले सेतोपाटीसँग भने, चारवटै गाविसका वासिन्दालाई सुविधा होस् भन्ने हेतुले एम्बुलेन्सका लागि लाग्ने करिब १२ लाख रुपैयाँ हामीले छुट्याइसकेका छौं। स्थानीय वासिन्दा एम्बुलेन्स दर्ताको प्रक्रियामा लागिसक्नुभएको छ। केही दिनमै उहाँहरुले यो सुविधा उपभोग गर्न पाउनुहुनेछ।
 
गिरानचौर एकिकृत नमुना बस्ती हस्तान्तरणको केही दिनअघि गिरीले फेसबुकमार्फत् धुर्मुस सुन्तलीलाई बधाई दिँदै ६क्का पन्जाको नाफाको केही हिस्सा समाजसेवामा खर्च गर्ने र त्यसका लागि धुर्मुस सुन्तलीसँग सल्लाह गर्ने बताएका थिए।