घनश्याम पौडेल ‘परिश्रमी’
सुर्वणखाल, अर्घाखाँची, २६ कात्तिक । अर्घाखाँची जिल्लाको सुर्वणखाल गाविसमा रहेको सुर्वणखाल युवा सञ्जालको वृहत सास्ंकृतिक कार्यक्रम विहिवार सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पौडेलले गाउँका युवाहरु एकजुट भएमा मात्र गाउँ विकसित हुन सक्ने भन्दै सम्पुर्ण युवाहरु एकजुट भएर सामाजिक काम गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेपाली कांग्रेस सुवर्णखालका सभापती शान्त बहादुर सारु, नेकपा एमाले सुवर्णखालका सचिव बामदेव पौडेल, माओवादी केन्द्रका रामप्रसाद भट्टराई, नेकपा माओवादी विप्लवका भक्त वहादुर परियार लगाएतले मन्तव्य राख्दै अहिलेको समयमा युवाहरु मिलेर गएमा गाउँ विकसित हुने बताएका थिए । कलाकारहरु नमस्ते वृतचित्र अर्घाखाँची समाजका संयोजक हेमन्त कुमार वेल्वासे, लोक गायिका वविता परियार, बागेश्वरी सङगीतालयका पशिक्षक तथा डान्स डाईरेक्टर शिव क्षेत्री, स्थानिय कलाकार सपना सेङजापती, सन्ध्या मगर, उषा परियार, राम वहादुर सुनार लगाएतले सांस्कृतिक झलक देखाएका थिए ।
कार्यक्रम कर्ण भट्टराईको अध्यक्षता, चिरन्जीवी घिमिरेको स्वागत र खेम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।