अर्घाखाँची धनचौर डेभाका बिकाश दर्पण जिसीको लोक दोहोरी म्युजिक भिडियो ” म मरेसी उनको मन” बजारमा (भिडियोसहित)
कार्तिक २७ गते, २०७३ मा प्रकाशित
काठमाडौं । अर्घाखाँची धनचौर – १ डेभामा जन्मेका नव सर्जक गायक बिकाश दर्पण जिसीको नयाँ लोक दोहोरी म्युजिक भिडियो एल्बम ” म मरेसी उनको मन” बजारमा आएको छ ।
यस म्युजिक एल्बममा स्वर बिकास दर्पण जिसी र पूर्ण कला बिसीको रहेको छ ।
यस एल्बममा बिकास दर्पण जिसीको उत्कृष्ट शब्द, लय र संगीत रहेको छ । साथै अभिनय रन्जिता गुरुङ र बिकास दर्पण जिसीको रहेको छ । बिकास दर्पण जिसीले आफ्नो विधालय अध्ययन अर्घाखाँचीको पालीबाट गरेका थिए ।
बिकास दर्पण जिसी र पूर्ण कला बिसीको सुमधुर स्वरमा सजिएको यस गीतले वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेला पुनः दर्शकलाई नयाँ पन दिनेमा पनि विश्वास लिइएको छ ।
यस म्युजिक भिडियो प्रमिसन म्युजिक प्रालिले बजारमा ल्याएको हो ।