सुर्के थैली, पूर्व पश्चिम रेल जस्ता गीत का गायक राजनराज शिवाकोटीको नयाँ गीत गुलेलीले हान्दिउँ कि सार्वजनिक (भिडियो सहित)

वडा नम्बर ६ र ६क्का पन्जाका सुर्के थैली, पूर्व पश्चिम रेलजस्ता गीतका गीतकार, संगीकार तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत गुलेलीले हान्दिउँ कि सार्वजनिक भएको छ।
 
फिल्म शब्दमा समावेश गीतका लागि शिवाकोटीले शब्दमा कृष्णहरि बराल, संगीतमा गैरे सुरेश र स्वरमा मिलन अमात्यको साथ लिएका छन्।
 
सौगात मल्ल,  कमली वाइबा, अनुभव रेग्मी, रोयदीप श्रेष्ठलगायत अभिनित फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन्। फिल्म माघेसंक्रान्तिमा रिलिज हुनेछ।