अर्घाका युवा ब्यबसायी बाबुराम भुसालको नयाँ एल्बम ”जुनदिन देखि तिमिले छोडेयौ” सार्वजनिक (भिडियो सहित )
मंसिर १२ गते, २०७३ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा गाबिसमा जन्मिएका समाजसेवी युवा ब्यबसायी बाबुराम भुसालले नयाँ एल्बम बजारमा ल्याएका छन ।
”जुनदिन देखि तिमिले छोडेयौ” नाम गिति एल्बम बजारमा निकै चर्चा कमाउन सफल भएको छ। यूट्यूबमा समेत राखिएको सो भिडियो ८० हजारले हेरी लाईक गरिसकेका छन ।
यस म्युजिक एल्बममा स्वर बाल कृष्ण पाण्डेको रहेको छ । यस म्युजिक भिडियो अविरल फिल्म्स प्रालिले बजारमा ल्याएको हो ।
भुसाल अहिले सन्धिखर्कका सबैभन्दा ठुला जग्गा ब्यापारी हुन । सामाजिक काम गर्न मन पराउने बाबुराम भुसालले १००० भन्दा बढि सामाजिक संघ संस्थालाई सहयोग गरि पुन्य कमाएका छन ।
लामो समय बिदेशमा बसेर जागिर गरि कमाएको पैसा नेपालमा अाई जग्गामा लगानी गरेपछि बाबुराम सफल ब्यापारी बनेका हुन । युवा उमेरमा नै उनले जग्गाको कारोवार सँगै अर्घा मिनिरल वाटर अर्घा जिम हाउस सपिङ्ग सेन्टर जस्ता अन्य ब्यबसाय समेत गर्दै अाएका छन । अहिले भुसाल साङगितिक क्षेत्रमा निकै सक्रियता बढाएका छन ।