पाँच नम्बर प्रदेशलाई कुनै पनि हालतमा बिभाजन हुन नदिन अर्घाखाँचीबासी सडकमा उत्रिएका छन् ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा संशोधन विधेयक दर्ता गरिएपछि अर्घाखाँचीबासी आन्दोलित भएका छन् । जिल्ला लगातार भएका बन्द, विरोध प्रर्दशनमा स्कुले बालबालिका देखि वुद्धवृद्धा लगायत सबै संघ- संस्था, राजनीतिक दल, व्यापारी, पत्रकार, बुद्दिजिवी सडकमा उत्रिएका छन् । संशोधन प्रस्तावको बिरोध गर्दै दैनिक जसो हजारौंको संख्यामा मानिसहरु आन्दोलनमा सहभागी भएका छन् ।
पाँच नम्बर प्रदेशलाई विखण्ड गर्न लागेपछि यहाँ सरकारमा सहभागी नेपाली कांग्रेसको नेतृत्वमा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र समेत सहभागि बनि संयुक्त सघर्ष समिति निर्माण गरि आन्दोलन भइरहेको छ ।
प्रदेश नम्बर पाँचलाई अखण्ड कायम राख्नु पर्ने माग राख्दै दैनिक प्रदर्शन तथा घेराउका कार्यक्रमहरु भइरहेका छन् । लगातारको बिरोधका कार्यक्रमहरु गर्दा पनि सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्ष समितिले आन्दोलनलाई थप सशक्त पार्दै लैजाने निर्णय गरेको छ । बन्दका कारण पसल, यातयात उद्योगधन्दा पूर्ण रुपमा बन्द भएका छन् । अर्घाखाँचीका बृद्धाहरूले समेत ”बरू आत्मदाह गर्न तयार छाै तर टुक्रेको प्रदेश मान्दैनौं” भजन कृतन गाएर सरकारलाई चेतावनी दिदै सडकमा छन् ।
अर्घाखाँचीमा टुक्रेको प्रदेश मान्दैनौं भन्दै सबै क्षेत्रबाट आँफुखुसी पसल, यातयात उद्योगधन्दा बन्द गराएका छन् । कसैले जवरजस्ती गरेको छैन् । पुरा अर्घाखाँचीका जनताले ठाउँ – ठाउँबाट आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनलाई साथ
उता अर्घाखाँची जिल्लाले धेरै राजनीतिक नेतालाई जन्म दियो, अवसर दियो तर जिल्लाले खोजेको बेला यतिबेला ति नेता भनौदाहरु गुमनाम छन् । जनताको आन्दोलनलाई राजनीतिककरण गरेका छन् ।
यतिबेला नेकपा माओवादी केन्द्रका उपनेता तथा अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी र नेकपा एमालेका युवा नेता तथा अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद दुमान सिंह थापा क्षेत्री, एमालेका केन्द्रीय सदस्य नजिर मियाले मात्र आन्दोलनलाई साथ दिएका छन् ।
अर्घाखाँचीमा जन्मेका र राजनीतिक अवसर पाएका आन्दोलनलाई असहयोग गर्ने धोकेबाज नेताहरु
अर्घाखाँचीमा जन्मेका र राजनीतिक अवसर पाएका एमाओबादी केन्द्रका डिलाराम आचार्य, पाली गाउँमा जन्मिएका डा. डिल्लीराज खनाल, काग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, डा.रामबहादुर विसी, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, कांग्रेस नेता तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसाल, खिदिम हर्राबोटका एवं पूर्वमन्री-एमाले नेता साहित्यकार मोदनाथ प्रश्रीत, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल, मसालका सन्तबहादुर नेपाली, सन्धिखर्क नगरपालिकाको वाङ्ला स्थित कोटफेराकी स्थायी बासिन्दा – एमालेकै पोलिटव्यूरो सदस्य तथा सांसद शान्ता मानवी लगायत सबै गुमनाम छन् ।
उनिहरुले अहिले सम्म अर्घाखाँची तथा ५ नम्बर प्रदेशको आन्दोलनमा उपस्थित जनाउन त पर जाहोस् , ५ नम्बर प्रदेश टुक्राउने विषयमा मौन छन् ।
यि नेताहरु चुनावको बेलामा मात्र जिल्लामा देखा पर्दछन् । उता जिल्लालाई परी आएको बेला आन्दोलनलाई सहयोग नगर्ने यि धोकेबाज नेता भन्नेहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने र अर्घाखाँचीबाट आगामी निर्वाचनमा उठ्न निषेध गर्नुपर्नेमा अर्घाखाँचीबासी जनता एक हुनुपर्ने आन्दोलनकारीले माग समेत गरेका छन् ।
अर्घाखाँचीबासीका साझा उम्मेद्वारमा टोपबहादुर रायमाझी
सन्धिखर्क-सालझन्डी-ढोरपाटन सडकमा टोपबहादुर रायमाझी । फाइल तस्बिर
प्राय हप्ता वा महिनै पिच्छे गृह जिल्ला अर्घाखाँची आउने एवम जिल्लाबासीका प्यारा बिकासे नेता सांसद टोपबहादुर रायमाझी ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन नहुने भन्दै सडकमा जनतालाई साथ दिएका छन् ।
साथै अर्घाखाँचीबासीका प्यारा रायमाझीलाई आगामी निर्वाचनमा समेत सबैको साझा उम्मेद्वारको रुपमा उठाउनु पर्ने सबै क्षेत्रबाट विचार एवम एकमत रहेको देखिन्छ । रायमाझीले जिल्ला बिकासको लागि अपेक्षा भन्दा बढी योगदान गरेका छन् ।
टोपबहादुर रायमाझी र दुमान सिंह थापा । फाइल तस्बिर