सुर्य भुसाल
काठमाडौं । नेपाल बिधार्थी संघले जहाँ बिधार्थी त्यहाँ नेबिसंघ भन्ने मुलनारा सहित सदस्य ता बितरण तथा प्रचारप्रसार अभियान देशभरका लागि काठमाडौबाट सुरु गरेको छ ।
अभियानको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्दै सभापति देउवाले संगठन बिस्तारलाई तिब्रता दिनका लागि निर्देशन दिनु भएको थियोे ।
नेपाल बिधार्थी संघ केन्द्रीय समितिको बैठकले जहाँ विधार्थी त्यहाँ नेबिसंघ भन्ने अभियान सन्चालन गर्ने निर्णय गरे बमोजिम अभियान शुरु गरिएको नेबिसंघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले जानकारी दिनु भयो ।
देशभर नेबिसंघले बिधार्थीहरुलाई प्रशिक्षण दिने तथा सदस्यता बितरण गर्ने लगायतका कार्यक्रमहरु गर्ने तथा केन्द्रीय नेबिसघका नेताहरु सबै ठाउँहरुमा उपस्थित हुने र कार्यक्रम भब्य रुपले सम्पन्न गर्ने उपाध्यक्ष रानाले बताउनु भयो ।
सबै प्रदेशहरुमा नेबिसंघले अभियान लैजाने रानाको भनाइ छ ।