पहिचानका नाममा जनता अल्मल्याउने र अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारे: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी, बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने- वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली- नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।
अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनको छोटो जवाफ थियो-संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।
अध्यक्ष ओलीले भने- जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?
जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरुले नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उनले