देशकै चर्चित अभिनेत्री पार्टी प्रवेश गर्ने भएपछि चासो र चर्चा हुने नै भयो। उसै त रेखा चर्चामा रहिरहने अभिनेत्री हुन्। अब बिभिन्नखाले प्रतिक्रिया पनि आउन सुरु हुनेछन्।
सोमबार रेखा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने खबर बाहिरिएसँगै हास्य अभिनेता दीपकराज गिरीले आइतबार राति फेसबुकमा स्ट्याटस लेख्दै व्यंग्य कसेका छन्।
स्ट्याटसको सम्पादित रुपः
रेखाजी राप्रपा मा जाने रे, यो समाचार सुनेर म त खुसी भएँ! हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन। जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरू।
कुरो क्लियर छ फिल्म चेन्ज, हिरो चेन्ज। फिल्म माओवादीको ठाउँमा फिल्म राप्रपा । हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा।
दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ। टिक्नेहरूलाई आफ्नो सम्झ।
हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ! सेतोपाटीले लेखेको छ ।