एमाले सन्धिखर्क बिषेश समन्वय कमिटीको बैठक मदन अाश्रित भबन सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले सन्धिखर्क बिषेश समन्वय कमिटीको बैठक मदन अाश्रित भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकमा मन्तब्य राख्दै नेकपा एमालेका पुर्ब जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेले संगठन सुधार गर्दै गाउँ गाउँ टोल नगर क्षेत्रका सबै ठाउँमा ब्यापक कार्यक्रम बनाएर अगाडि बढनु पर्नेमा जोड दिदै स्थानिय निकायको निर्बाचनमा नेकपा एमाले पहिलो पार्टी बन्नु पर्नेमा जोड दिनु भएको थियोे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका उपसचिब युवा नेता प्रेमनारायण गैरेले संगठन मजबुद बनाउनका लागि नगर क्षेत्रमा टोलहरुमा संगठन बिस्तारलाई तिब्रता दिन अाग्रह गर्नु भयो । गैरेले स्थानिय निकायको निर्बाचनमा नेकपा एमाले देशभर पहिलो पार्टी बन्ने दावी गर्नु भयो । युबा नेता गैरेले सरकारले संसदमा दर्ता गरेको  संविधान संशोधन विधेयक प्रस्ताव फिर्ता नलिए सरकारको अायु समाप्त हुने चेताबनी दिनु भयो । गैरेले अागामी पुस १ गते देखि हुने अर्घाखाँची बन्दमा गाउँ गाउँ बस्ती बस्तीबाट सन्धिखर्कमा उपस्थित हुनका लागि कार्यकर्तालाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका सचिबालय सदस्य बुद्धि भुसाल लगायतले बिस्तारित बैठकमा मन्तबय राख्नु भएको थियोे ।
कार्यक्रम नगर अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता सचिब श्रीकृष्ण भुसालको सन्चालन नेता शम्भु पोख्रेलको स्वागत मन्तब्यमा सम्पन्न भएको बताएको छ। 

अन्य समाचारहरु