सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्रयाउने गरी सरकारले संसदमा प्रस्ताव दर्ता विरुद्द अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा यहि मंसिर ३० गते बिहीबार हुन गईरहेको विशाल विरोध सभा तथा जनप्रदर्शन कार्यक्रमका लागि व्यापक तयारी भएको छ ।
विशाल विरोध सभा तथा जनप्रदर्शन कार्यक्रमका लागि संघ- संस्था, राजनीतिक दलहरु लगायतले आ-आफ्नै तवरले तयारी गरिरहेका छन् । सन्धिखर्कको टुडिखेलमा दिउसो ११:०० बजे हुने उक्त विशालसभामा गाउँ गाउँबाट समेत ठुलो संख्यामा मानिसहरु आउने छन् ।
संयुक्त संघर्ष समिति अर्घाखाँचीको आयोजना हुने उक्त विशाल विरोधसभामा माओबादी केन्द्रका नेता तथा सांसद टोप बहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, नेकपा एमालेका नेता दल बहादुर राना, राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद दुर्गा पौडेल लगायतबाट सम्बाेधन गर्ने कार्यक्रम रहेकोे छ ।
सन्धिखर्कको टुडिखेलमा दिउसो ११:०० बजे हुने उक्त विशालसभामा गाउँ गाउँबाट समेत ठुलो संख्यामा मानिसहरु आउने छन् ।
उक्त विशाल विरोध सभा तथा जनप्रदर्शन कार्यक्रमको दिन १५ हजार भन्दा बढी जनताले सहभागीता जनाउने अनुमान गरिएको छ ।
उता अर्घाखाँचीका प्राय ठाउँमा हुँदै गरेको कुलपूजा ( देवली ) लाई ध्यानमा राखेर जनतालाई सहज हुने गरी मंसिर २७, २८ र २९ गतेसम्मका लागि आन्दोलनका सवै कार्यक्रमहरु स्थगित गरिएको छ ।