मुलुकको जनसख्याको १.४% प्रतिशत ईसाई रहेको नेपालमा पुष्पकमल दाहालको सरकारले क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। केपी ओली नेतृत्वको सरकारले क्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।
विगत देखि दिँदै आएको विदालाई निरन्तरता दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।