सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीले अग्रता लिएको छ।
दोस्रो दिनको आईतबारको खेलमा नेपाल आर्मीले ५ स्वर्ण प्राप्त गर्‍यो। महिला अन्डर ४४ केजी तौल समूहतर्फ मध्यपश्चिमकी सोनु भट्टले स्वर्ण, पश्चिमाञ्चलकी सोमिया तामाङले रजत तथा सुदूरपश्चिमकी विमला महत र नेपाल आर्मीकी सुमित्रा राईले कास्य पदक जितेका छन्।
अन्डर ५२ केजी तौल समूहतर्फ नेपाल आर्मीकी लीला अधिकारीले स्वर्ण, नेपाल प्रहरीकी दीलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीकी देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गरेका छन्।
अन्डर ६३ केजी तौल समूहतर्फ फूपु लामा खत्रीले स्वर्ण, नेपाल प्रहरीकी नीशा चौधरीले रजत तथा मध्य पश्चिमकी दिलमाया एरी र पूर्वाञ्चलकी दिलकुमारी सिजालीले कास्य पदक जितेका छन्।
अन्डर ७८ केजी तौल समूहमा नेपाल आर्मीकी पुनम चौधरीले स्वर्ण, पूर्वाञ्चलकी बविता चौधरीले रजत तथा नेपाल प्रहरीकी भावना घर्ती मगर र कृष्णा राइदासले कास्य पदक जितेका छन्।
यसैगरी अन्डर ५० केजी तौलको पुरुषतर्फ नेपाल आर्मीका तिलकबहादुर देउजाले स्वर्ण, पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र पहरीका सन्तोष विष्ट र मध्य पश्चिमाञ्चलका चक्रबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् ।
अन्डर ६० केजी तौल समूहतर्फ नेपाल आर्मीका सुदिप बोहराले स्वर्ण, नेपाल प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकाश भुजेल र दिनेश मगरले कास्य पदक जिते।
अन्डर ७३ केजी तौल समूहतर्फ नेपाल प्रहरीका सञ्जीत ढङ्गोलले स्वर्ण पदक प्राप्त गरे। मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा नेपाल प्रहरीका निर्दोश चलाउने र नेपाल आर्मीका जगतबहादुर सारुले कास्य जिते ।
अन्डर ९० केजी तौल समूहतर्फ नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण, पश्चिमाञ्चलका सञ्जय महर्जनले रजत तथा नेपाल आर्मीका सूर्यमान लामा र सुदूर पश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते।
यसैगरी १०० केजी तौलभन्दा माथि नेपाल प्रहरीका राजन जोशीले स्वर्ण पदक जिते। नेपाल आर्मीका कुलमान तामाङले रजत र पूर्वाञ्चलका बच्चुलाल चौधरी तथा सुदुरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् ।
विजेता खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बर्जाचार्य लगायतकाले मेडल तथा कस्कटो वितरण गरेका थिए। सेतोपाटीमा समाचार छ् ।