बलिउड हुँदै हलिउडमा समेत लोकप्रियता कमाएकी अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषामा फिल्म बनाउने

       
बलिउड हुँदै हलिउडमा समेत लोकप्रियता कमाएकी पूर्व मिस वर्ल्ड तथा अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषामा फिल्म बनाउने भएकी छन्।

प्रियंकाकी आमा मधु चोपडालाई उद्धृत गर्दै प्रियंकाले नेपाली भाषामा फिल्म निर्माण गर्न लागेको समाचार विभिन्न भारतिय संचार माध्यमले प्रकाशित गरेका छन्।
प्रियंकाले सिक्किमेली नेपाली फिल्म बनाउन लागेकी हुन्। उनको फिल्म निर्माण कम्पनी पर्पल पेपलबाट भारतका विभिन्न क्षेत्रिय भाषामा फिल्म निर्माण गरिसकेकी छन्। भारतका क्षेत्रिय भाषाका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्य अन्तरगत नेपाली भाषामा पनि फिल्म निर्माण हुन लागेको हो।

फिल्ममा नेपाल तथा सिक्किमका स्थानिय कलाकार तथा प्राविधिकले काम गर्ने जनाइएको छ। उनले निर्माण गर्न लागेको फिल्मको नाम पउवा हो। यसको अर्थ पाहुना हुन्छ।सेतोपतीले लेखेको छ ।