सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राप्रपा नेपाल र राप्रपाबिच केन्द्रमा एकीकरण भएसँगै आज अर्घाखाँचीमा पनि एकता भएको छ ।
आईतबार सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरण भएको जानकारी गराईएको हो ।
अर्घाखाँचीमा भएको एकिरणमा यहि माघ २५ गते जिल्लाको अधिवेशन तथा २१ गते क्षेत्रिय अधिवेशन गर्नेगरी संयोजकमा राप्रपा नेपालका दिपक कुबर र सहसंयोजकमा राप्रपाका अमर वहादुर थापा चयन हुनुभएको हो ।
पुर्व राप्रपाका अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष क्रमश गणेश थापा र देवीवहादुर खड्का भने पार्टीको वरिष्ठ नेतामा चयन हुनुभएको छ ।
एकता भेलामा मन्तव्य राख्दै संयोजक दिपक कुबरले गाउँगाउँमा जाने संगठनलाई वलियो वनाई देश र जनताको समस्या समाधान गर्न लागीपर्ने बताउनुभयो ।
राष्ट्रवादीहरुको एकता सँगसँगै देशमा प्रजातन्त्र, राष्ट्रियता र सनातन हिन्दु राष्ट्रको पक्षमा सक्रियताका साथ लाग्न एकता भएको सहसंयोजक अमरबहादुर थापाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थीले पत्रकारहरुको साथ र सहयोग रहेको बताउनु भयो ।