नविन जोशी/अर्जुन थापा
दिल्ली भारत | भारतले नेपाल र नेपालीहरु माथी थिचोमिचो गरिरहेकै बेला भारतामा नै संस्था खोलेर भारतकै राजधानी दिल्लीमा नेपाली झण्डा फराउदै नेपाली देशभक्ती गित को शुटिङ सम्पन्न गर्न अहिले सम्मकै सफल निर्देशक बाबु रोका मगर पहिलो ब्याक्ती नै हुन |
गित भारतको राजधानी दिल्लीमा स्थापना गरिएको सामाजिक संस्था नेपाली देशभक्त आवाज द्दारा पहिलो पटक निर्माण गरिएको छ | उक्त संस्थाले दिल्ली एन सी आर क्षेत्रमा रहेका संस्थाका पदाधिकारिहरुले बिगत केहि बर्ष देखि दिल्ली एन सी आर क्षेत्र लगायत भारतका विभिन्न क्षेत्रमा सामाजिक काम काजहरु गर्दै आएको र आगामी दिनहरुमा पनि समाज र जनताहरुको हक हितका लागि सकारात्मक काम गर्ने प्रतिबद्दता जाहेर गर्दै समाजमा नौलो परिवर्तन ल्याउने उद्देश्यले यस पटक गितको माध्यम बाट देशप्रेमी नेपालीहरुका लागी केहि सांगितिक सन्देश दिन चाहेको जानकारी संस्थाका पदाधिकारिहरुले बताए |
गितले सम्पूर्ण नेपालीहरुलाई एकजुट हुन आव्हान गरेको छ | पदम गाहा मगर र बाबु रोका मगर को शब्दमा झबिन्द्र थापा, मेलिना राइ, प्रतिभा केसी र बाबु रोका मगरको सामुहिक आवाज रहेको उक्त गित सिङो नेपाल र नेपालीहरुका निमित्त गाइएको छ सो गितमा झबिन्द्र थापाको संगीत रहेको छ भने कलाकारहरु सबै संस्थाकै मेम्बरहरु रहेका छन | बाबु रोका भन्छन मन भित्र गर्ने जुनुन हुनुपर्छ मानिसले गर्न नसकिने असम्भव यो दुनियाँ मा कुनैपनी त्यस्तो काम छैन तर यसका लागि एकता हुनुपर्ने बताए |