कलाकारको संरक्षण र प्रर्बधनमा राज्यले गहन भुमिका निर्बाह गर्नु पर्छ- गायक पंगेनि

पहिलो प्रकासित मिती – माघ १०, २०७३ 
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ।  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्रि पंगेनिले कलाकार राज्यको गहना भएकोले यसको संरक्षण र प्रर्बधनमा  राज्यले गहन भुमिका निर्बाह गर्नु पर्ने बताउनु भएको छ । 
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष पंगेनिले कला क्षेत्रमा देखीएका  बिभिन्न बिकृति बिसंगतिहरु लाई अन्त्य गर्नको लागी राज्यले प्रतिष्ठानलाई उचित अख्तीयारी दिएमा लोक संस्कृतिको उचित बिकास गर्न सकिने भन्दै देशमा राजनितिक अस्तीरता रहीरहेकोले सबै क्षेत्रमा नकरात्मक असर परीरहेको बताउनु भएको थियो । साथै अध्यक्ष पंगेनिले मिलेर रहेको ५ नम्बर प्रदेशलाई टुक्राउन खोजे त्यसको परीणाम नराम्रो हुने भन्दै ५ नम्बर प्रदेशलाई अखण्ड प्रदेश कायम गर्न समेत माग राख्नु भएको थियो । 
त्यस्तै कार्यक्रमा लोक तथा दोहोरी गायीका कोमल वलीले नेपाली लोकसंस्कृतिको जगेर्ना गर्न सबै नेपालीहरुले पहल गर्नुपर्ने  बताईन् । स्रोता र दर्शकलाई मनोरञ्जन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीतहरु बनाउनु पर्नेमा गायीका वलीले  जोड समेत दिईकी थिईन ।
संञ्चारकर्र्मी समेत रहेकी  ओली ले आफु बिश्वका ४० भन्दा बढी देशको भ्रमण गरीसकेकोले कला र सस्कृतिलाई नजिक बाट बुझेको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको संस्कार तिर गई रहेको देख्दा चिन्ता ब्यक्त गरिन् । कला र सस्कृति देशको  पहिचान भएको हुदा यसको जगेर्ना गर्नु सबैको दायित्व रहेको समेत गायीका वलीले बताईन । कार्यक्रममा गायीका रीतु कडेलको समेत उपस्थीति रहेको थियो । 
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र बिरेन्द्र केसीको संन्चालनमा सम्पन्न भएको थियो ।