शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरे

बलिउड फिल्म रईस को प्रवर्द्धनमा सक्रिय बलिउड अभिनेता शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत फ्यानहरूसँग प्रत्यक्ष अन्तक्रिया गरिरहेका बलिउड अभिनेता शाहरुख खानको रईस टोलीले नेपाली प्रशंसक एलिना रावललाई आभार व्यक्त गर्दै ट्वीटरमा रिप्लाइ गरेका छन्, रइस  फिल्मलाई मनपराइदिनु भएकोमा नेपाल र नेपाली फ्यानहरूप्रति आभारी छौं। सबैलाई हाम्रोतर्फबाट माया छ।

रइस फिल्म टोलीले आभार प्रकट गर्दै नेपाली फ्यानहरूको फोटोसमेट ट्वीट गरेको छ। यसअघि अभिनेता शाहरुखले नेपाली फ्यानहरूलाई धन्यवाद दिएका थिए।

निर्देशक राहुल ढालेकियाले निर्देशन रइस गत जनवरी २५ देखि प्रदर्शनमा आएको हो। फिल्ममा सनी लियोनी, नवाजुद्दीन सिद्दिकी, माहिरा खान र जीशान आयूब लगायतले अभिनय गरेका छन्।

शाहरुखको फिल्मले निकै गजबको कमाइ गरिरहेको छ। नागरिक न्युजले लेखेको छ ।