गोपाल प्रसाद भट्टराई
अर्घाखाँची ।
रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको १ सय वर्षमा प्रवेश गरेकोे अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् ।
यही शिलसिलामा नेपालमा पनि ने.क.पा.मसाल तथा उसको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको नेतृत्वमा अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम संचालन भइरहेको छ । गत कार्तिक २२ गते नेपालको सबै जिल्लाहरुमा राष्ट्रिय जनमोर्चा र विश्वभर बिभिन्न कम्युनिष्टहरुले एकैसाथ उद्घाटन गरि अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रमलाई अगाडि बढाएका हुन् ।
लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको गत कार्तिक २२ गते ९९ सय वर्ष पुरा भई एक सय बर्षमा प्रबेश गरेको छ ।
यसै अबसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पनि पाँचवटा टोली बिभाजन गरि यतिबेला जिल्लाभर अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान संचालन गरिरहेको छ । जस अन्तरगत अभियान परिचालन समितिको चार नम्बर टोलीको आयोजनामा आज सन्धिखर्क