श्याम घिमिरे,
अर्घाखाँची
रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई १०० बर्षमा प्रबेश गरेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् ।
लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको गत कार्तिक २२ गते ९९ बर्ष पुरा भई १०० वर्षमा प्रबेश गरेको छ ।
यसै अभियानलाई मध्यनजर गरी राष्ट्रिय जनमोर्चा खिल्जी गाबिसले आज गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रल,अखिल नेपाल बुद्धीजिबी संघका केन्द्रिय सदस्य तथा अखिल छैठौंका निबर्तमान केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो ।