फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा छन्।
चपली हाइट, भिजिलान्ते, पशुपतिप्रसाद जस्ता फिल्मका निर्देशक खनालको निर्देशनमा बनेको फिल्म वैशाख १ गते रिलिज हुनेछ।
शर्मिला पाण्डे निर्मित फिल्म प्रेमकथामा आधारित फिल्म प्रेमकथामा आधारित छ।
फिल्ममा स्वस्तिमा र सुरजका अलावा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए. गुरुङ, आयान खड्का, गणेश मुनाल, लक्ष्मी भुषाल, शारदा गिरी, सम्झना सिरपाली, सबिन बास्तोला, घनश्याम लामिछाने, तेज गिरी, भीम मैनाली, सिपी पौडेललगायतले अभिनय गरेका छन्।