सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सामुदायिक बिधालयहरुको अार्थिक कार्य प्रणालीमा रहेको बित्तिय जोखिमका क्षेत्र पहिचान र समाधन सम्बन्धि कार्यक्रम अाज सन्धिखर्कमा सम्पन्न भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीको अायोजनामा भएको कार्यक्रममा कोष नियन्त्रक कमल प्रसाद पन्थिले सहजिकरण गर्नु भएको थियोे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका अासपासका क्षेत्रका माध्यमिक तथा उच्च माध्यमिक बिधालयका प्रअ श्रोत ब्यक्तिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा ज्ञान प्रकाश माबिका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष काशीराम बस्याल लगायत बिभिन्न बिधालयका ब्यबस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिधालयहरुले गर्ने अार्थिक कारबार कसरी गर्ने सार्वजनिक खरिद एैन अन्तरगत काम गर्नु पर्ने बीस हजार भन्दा माथिको कारबार गर्दा अनिबार्य बिधालयहरुले भ्याट बिलबाट कारबारबाट गर्नु पर्ने लेखापरीक्षण गराउनु पर्ने शिक्षाको बेरुजु नहुने तरिका निर्माणका काम गर्दा अार्थिक फरफारक कसरी गर्ने भन्ने बिषयमा कोष नियन्त्रक कमल प्रसाद पन्थिले सहजिकरण गर्नु भएको थियोे ।