सुर्य प्रसाद भुसाल
ढिकुुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा श्रोत केन्द्रको आयोजनामा जयन्त्री आभारभूूत बिद्यालयका शिक्षक रामप्रसाद पोख्रेलको बिदाई गरिएको छ ।
सारदा माबि ढिकुुरामा भएको बिदाई कार्यक्रममा सेवा निबृत्त शिक्षक पोख्रेललाई दोसल्ला र सम्मान पत्रले बिदाई गरिएको थियो । कार्यक्रममा सेवा निबृत्त शिक्षक पोख्रेलको प्रमुुख आत्यिता रहेको थियो । श्रोत व्यक्ति जेदुप्रसाद खनालको बिशिष्ठ आथित्यता रहेको थियो ।
सोही अवसरमा कक्षा १ देखि ३ सम्मको ढिकुुरा श्रोत केन्द्र स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा थानपति आभारभूत बिद्यालय ढिकुुरा प्रथम, जनजागृति माबि धनचौर द्धितिय, सारदा माबि ढिकुुरा तृतिय भएका छन् ।
बिजयी बिद्यार्थीलाई प्रमाण पत्र र पुुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम डासिराम भट्टराईको सञ्चालन र कृष्ण खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।