छत्रगंजको सार्बजनिक माबीमा बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न (तस्बिर)

पहिलो प्रकासित मिती: फाल्गुन १७, २०७३ 
दिपेन्द्र श्रेष्ठ 
छत्रगंज, अर्घाखाँची  । अर्घाखाँचीको  श्री सार्बजनिक माबी छत्रगंजको ५८ औ बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम मंगलबार एक कार्यक्रम बीच सम्पन्न भएको छ।
बिधालय ब्याबस्थापन समितिका अध्यक्ष भोजबहादुर रायमाझीको अध्यक्षता र जिल्ला श्री सार्बजनिक माबी छात्रगंज श्रोतकेन्द्रका श्रोतब्याक्ति दिनानाथ पराजुलीको प्रमुख आतिथ्यता तथा गाबिस सचिब याम बहादुर ओलीको बिशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा सोहि विधालयका  का  प्रधानध्यापक जिबन कुमार श्रेष्ठले बिधालयको बार्षिक आयब्याय प्रतिबेदन प्रस्तुत गर्नुका  साथै बिधालयलाइ आर्थिक सहयोग गर्ने दातालाई अविर खादा मायाको चिनोलेले सम्मान गरिएको थियो ।  
अभिभाबक ,शिक्षक ,बिधार्थी ,स्थानीय समाजसेबी ,पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगाएतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जेहेन्दार बिधार्थिहरुलाई छात्रवृति पुरस्कार वितरण  र शिक्षक र अभिभाबक बीच अन्तरक्रिया,छात्र छात्रा स्तरीय हाजिरी जवाफ प्रतियोगिता लगाएतका बिभिन्न सास्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अतिथि दिनानाथ पराजुलीले दिप प्रजननका साथै सहायक प्रधानध्यापक लक्ष्मणप्रसाद उपाध्यको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण बहादुर खत्रीले गर्नुभएको र समापन  भोज बहादुर रायमाझीले गर्नुभएको थियो|