भारतीय राज्य उत्तरप्रदेशको महराजगन्ज जिल्लामा हुन लागेको विधानसभा निर्वाचनका लागि शुक्रबार (आज) साँझदेखि शनिबार साँझसम्म नेपाल-भारतका सीमानाका बन्द हुने भएको छ ।
भारतको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही र नवलपरासीसँग जोडिएका सीमानाका २४ घन्टाका लागि बन्द हुने भएको हो ।
सुरक्षालगायतको दृष्टिकोणले महराजगन्ज जिल्लामा शनिबार हुने निर्वाचनका कारण सीमानाकाहरु बन्द रहने सीमावर्ती बजार सुनौली-कोतवालीका प्रहरी इन्चार्ज टीपी श्रीवास्तव जानकारी दिए ।
सीमा बन्द रहेको अवधिभर पैदलयात्री, माल तथा यात्रीबाहक सवारी-साधनहरु आवत-जावतमा रोक लाग्ने छ । इमेजखबरमा समाचार छ ।