आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि

कृष्ण खनाल
बुटवल, फागुन । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २-१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लव काठमाण्डौले जितेको छ । 
बुटवल-१३ देवीनगरमा रहेको एन्फा एकेडमी मैदानमा शनिवार भएको फाईनल प्रतिष्पर्धामा पहिलो हाफमा मा बराबर  गरेको संकटाले दोस्रो  हाफमा थप १  गोल आफ्नो खातामा जम्मा गर्दै आर्मी लाई हराएको छ । 
आर्मीले २९ मिनेटमा लिएको अग्रता संकटाले पहिलो हाफको अन्तिममा गोल गर्दै वरावरीमा पु-याएको छ ।   आर्मीका राजिव गुरुङ्ग र संकटाका लागि  निराजन खड्काले गोल गरे ।
दोश्रो हाफमा संकटाका निराजनले थप एक गोल थपे ।   उपाधी संगै संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप हात पारेको छ । उपविजेता बनेको आर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहेको थियो । संकटाको लागि उपाधि  २ वटै गोल निराजन खड्काले गरेका थिए ।