अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा आएको छ ।  
रोजगारीको शिलशिलामा कुवेत अाएका मधु रेश्मी मगरले सन्ध्या मगरको लय र शब्दमा बनेको “भन्देउ न के गरुँ चोखो माया पाउन”भन्ने एल्वमबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् । 
कुवेतमा दश घण्टा मजदुरीको बावजुद पनि संगित क्षेत्रमा अति रुचि राख्ने मधु रेश्मी मगरले पहिलो एल्वम बनाउन सफल भएका हुन्।
गत मार्च १० गतेका दिन समाजसेवी, पत्रकार,संगितप्रेमी तथा सहयोगीहरुलाई अामन्त्रण गरि एक कार्यक्रम बिच कुवेत,जिलिब स्थित रिदम हलमा सो एल्वमको अडियो सार्वजनिक गरेका हुन्।
यस एल्वमको भिडियो पनि छिट्टै वजारमा अाउँदै छ,प्रेम कहानीलाई समेटेर बनेको एल्वम युवा दर्शकहरुले हेरेर मन पराइदिनुहुने कुरामा अाफुहरु अाशावादी रहेको कुरा कलाकार द्वेय मधु रेश्मी मगर र सन्ध्या मगर बताउनुहुन्छ।