डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो

द कपिल शर्मा शो का सुनिल ग्रोवर अर्थात् डाक्टर गुलाटीले नयाँ कमेडियन शो ल्याउने भएका छन् ।
कपिल शर्माले मदिरा पिएर हवाइजहाजमा सुनिल ग्रोवरमाथि हातपात गरेपछि सुनिलले शो बहिस्कार गरेका थिए । शो बहिस्कार गरेका सुनिलले अब आफ्नै डक्टर मशहुर गुलाटीज कमेडि क्लिनिक शो दर्शकमाझ ल्याउने भएका हुन् ।
सुनिल दिल्ली तालककोट स्टेडियममा आफ्नो लाइभ शो को तयारीमा लागेका छन् । उनको यो शोलाई साथ दिन द कपिल शर्मा शोका चर्चित कलाकार बंपर, किकुसमेत आउने भएका छन् ।
दिल्ली शो पछि सुनिलले अन्य कलाकारको साथमा डक्टर मशहुर गुलाटी शो टेलिभिजनमार्फत ल्याउन लागेका हुन् । सुनिलले यसबारे सम्पूर्ण कुरा पछि बताउने भन्दै अब टेलिभिजन शो मै सबैको साथमा आउने बताएका छन् ।
उनले अहिले कपिलबाहेकका टिमसंग भारतको विभिन्न स्थानमा कमेडि शोमा भाग लिइरहेका छन् । यो सिलसिलाको अन्तिम दिल्लीमा हुने र त्यसपछि टेलिभिजन मार्फत आउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सोनी च्यानलबाट प्रसारण हुने चर्चित कमेडि कार्यक्रम द कपिल शर्मा शो का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेका थिए । उक्त घटनापछि यी दुईबीच खटपट सुरु भएको थियो । लगत्तै सुनिलले शो बहिस्कार गरेपछि बाँकी अन्य चार जनालेसमेत